हवाई भाडा घट्यो, कहाँको भाडा कति कम (सूचिसहित)
काठमाडाैं | असार ६, २०८०
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (बुधवार) हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।
यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–विराटनगरको दुई सय ४०, काठमाण्डौ-धनगढीको चार सय ४५, काठमाण्डौ-नेपालगञ्जको तीन सय २५, काठमाण्डौ-भैरहवाको दुई सय १० र काठमाण्डौ-सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ ।
हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो । हवाई भाडामा लाग्दै आएको इन्धन शुल्क यस्तो छ :


काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

